Sari la conținut

Fișier:Simara bimashatal.jpg

Conținutul paginii nu este suportat în alte limbi.
De la Wikipedia, enciclopedia liberă

Mărește rezoluția imaginii(850 × 532 pixeli, mărime fișier: 114 KB, tip MIME: image/jpeg)

Acest fișier se află la Wikimedia Commons. Consultați pagina sa descriptivă acolo.

Descriere fișier

Descriere
English: सिमरा : बाराको सिमरादेखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म हवाई सम्पर्क हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सीधा हवाई सम्पर्कबाट जोड्ने योजनासहित पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागिएको हो ।

गत पुस महिनामै बाराबाट गएका जनप्रतिनिधिसहितको सरोकारवाला टोली, नागरिक उड्डयन प्राधिकरण, गण्डकीका प्रदेशमन्त्रीलगायत पोखराका सरोकारवालाबीच सिमरा पोखरा हवाई उडानको सम्भावनाबारे छलफल भई निर्णयसमेत गरिएको थियो । सोही छलफलमा गण्डकी प्रदेशले अन्य ६ प्रदेशसँग पनि क्रमशः हवाई सम्पर्क जोड्दै जाने बताएको थियो ।

उडान कार्य हालसम्म नथालिए पछि गत आइतबार जितपुर सिमरा उपमाहनगरका नगर उधोग बाणिज्य संघ, होटल तथा पर्यटन ब्यवसायी संघ बाराका प्रतीनिधहरु सहितको टोलीले गत पुसमै निर्णय गरीएको पोखरा सिमरा सीधा हवाई उडानबारे गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साललाई भेटेर ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको जितपुर सिमरा नगर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष मोहन शर्मा लामीछानेले बताए ।

लामिछानेले दुई नम्बर प्रदेशमा संभावना भएको पर्या पर्यटन, धार्मिक पर्यटन र औद्योगिक एवम कृर्षि पर्यटन लाई पोखरा सङ्ग कनेक्टिभिटी गर्ने गरि वैशाखको अन्तिमसम्म सिमरा पोखरा उडान हुने कुरामा ढुक्क हुन गण्डकी प्रदेशका पर्यटनमन्त्री बिकास लम्सालले बचन दिएको समेत बताए ।

निजी विमान कम्पनीहरु पनि सिमरा–पोखरा उडानमा चासो राख्दै लागेको बताउँदै यात्रुलाई सेवा दिने कुरामा प्राधिकरणले कुनै बाधा अड्चन नगर्ने समेत काफ्लेले बताए ।

सिमरा–पोखरा रुटमा यात्रीको अभाव नहुने अनुमान गर्दै सरोकारबालाहरुले पोखराबाट फर्कने भारतीयलगायत अन्य भारत जाने विदेशी पर्यटकहरु र सिमराबाट बारा, पर्सा रौतहटका व्यापारी, आन्तरिक तथा वीरगन्जबाट भित्रने भारतीय पर्यटकहरु यात्री रहने गत पुष महिनामै दुइ सरोकार पक्ष बिचको छलफलले निष्र्कष निकालेका थिए । पोखराबाट सिमरा काठमाडौंकै हाराहारीमा रुट र उडान समय हुने त्यति बेलै छलफलमा जनाइएको थियो ।

पोखरा–सिमरा उडान पहिलो पटक हुन लागेको हो । हवाई सम्पर्कले पर्यटकीय, व्यापारिक गतिविधि बढ्ने विश्वास गर्दै पोखरालाई २ नम्बर प्रदेशमार्फत हवाई यातायातले जोड्दा पर्यटकीय गन्तव्य र व्यापार प्रवद्र्धन बढ्ने मन्त्री लम्सालले जितपुर–सिमरा उपमाहनगरका सरोकारवालाहरुको टोलीसँग बताएका थिए ।

पहिलो चरणमा प्रदेश नम्बर दुई र गण्डकी प्रदेशलाई हवाई मार्गमार्फत जोड्ने कुराको सुरुवात हुने र पछि जनकपुर पोखरा को उडान हुने मन्त्री लम्सालले बताएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष होटल तथा पर्यटन ब्यवसायी मोहन शर्मा लामिछनेले बताए ।

निजी बिमान कम्पनीहरुले समेत आन्तरीक सिमरा–पोखरा उडानका लागी अध्ययन सकेर अन्तिम तयारी थालेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । वैशाखको अन्तिम सातादेखि पोखरा–सिमरा उडान गर्ने निर्णय गर्दै गण्डकी प्रदेशको मन्त्रालयले गर्दै छिट्टै हवाई रुट र उडान तालिका सार्वजनिक गर्ने जनाएको छ । बारा र पर्सा (वीरगन्ज) औद्योगिक र व्यापारिक हब भएकाले हवाई सेवामार्फत पोखरालाई जोड्न खोजिएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरले सहमति जनाएको छ भने सुरुमा सातामा केही उडान भए पनि पछि आवश्यताअनुसार थप्ने गरी उडान संचालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको बताइएको छ ।
Dată
Sursă Operă proprie
Autor Barakhabar

Licențiere

Eu, deținătorul drepturilor de autor ale acestei opere, prin prezenta îmi public lucrarea sub următoarea licență:
w:ro:Creative Commons
atribuind partajând în condiții identice
Sunteți liber:
  • să partajați cu alții – aveți dreptul de a copia, distribui și transmite opera
  • să adaptați – aveți dreptul de a adapta opera
În următoarele condiții:
  • atribuind – Trebuie să atribuiți opera corespunzător, introducând o legătură către licență și indicând dacă ați făcut schimbări. Puteți face asta prin orice metodă rezonabilă, dar nu într-un fel care ar sugera faptul că persoana ce a licențiat conținutul v-ar susține sau ar aproba folosirea de către dumneavoastră a operei sale.
  • partajând în condiții identice – Dacă modificați, transformați sau creați pe baza acestei opere, trebuie să distribuiți opera rezultată doar sub aceeași licență sau sub o licență similară acesteia.

Captions

Add a one-line explanation of what this file represents
पोखरा–सिमरा हवाई उडान हुँदै

Items portrayed in this file

subiectul reprezentat

23 septembrie 2016

exposure time engleză

0,00125 secundă

f-number engleză

13

focal length engleză

12,466 milimetru

ISO speed engleză

640

Istoricul fișierului

Apăsați pe Data și ora pentru a vedea versiunea trimisă atunci.

Data și oraMiniaturăDimensiuniUtilizatorComentariu
actuală1 mai 2019 18:53Miniatură pentru versiunea din 1 mai 2019 18:53850x532 (114 KB)BarakhabarUser created page with UploadWizard

Următoarele pagini conțin această imagine:

Utilizarea globală a fișierului

Următoarele alte proiecte wiki folosesc acest fișier:

Informații